२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङराष्ट्र बैंकले ३० अर्ब १८ करोडको ट्रेजरी बिल जारी गदैं

राष्ट्र बैंकले ३० अर्ब १८ करोडको ट्रेजरी बिल जारी गदैं


काठमाडौं – नेपाल राष्ट्र बैंकले ३० अर्ब १८ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले २८, ९१,१८२ र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।  वैशाख २५ गते जारी हुने यस ट्रेजरी बिलका लागि अनलाइनमार्फत दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्ब रुपैयाँ, ९१ दिनको लागि १२ अर्ब १० करोड रुपैयाँको, १८२ दिनको लागि ९ अर्ब रुपैयाँको र ३६४ दिनको लागि ६ अर्ब ८  करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने लागेको हो ।

त्यस्तै २८ दिनको जेठ २३, ९१ दिनको साउन २३ गते, १८२ दिनको कात्तिक २१ गते र ३६४ दिनको २०८१ वैशाख २५ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ