गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश Karobarpati मंगलबार, २०८१ भदौ ११ गते, १६:०५ मा प्रकाशित काठमाडौँ । जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो । चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रहेको बताइएको छ । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो । कुरा डान्जो टापुको हो । जापानले यस घटनालाई पूर्ण रूपमा अस्वीकार्य घटना भनेको छ । साथै जापानले यस घटनाको विरोध गर्दै चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर स्पष्टीकरण सोधेको छ । जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो । तर फ्लेयर गन जस्तो कुनै हतियार प्रयोग भएन । जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँगको यो घुसपैठको विरोध गर्ने बताएको छ । साथै जापानले आगामी दिनमा यस्तो नहोस् भनेर पनि माग गरेको छ । यस विषयमा चीनबाट आधिकारिक प्रतिक्रिया आएको छैन । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन भारतले तिब्बतका ३० ठाउँको नाम परिवर्तन गर्दै धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ६ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ७ जर्मनीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो एक बर्षमा ३२२ वटा नयाँ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने चार लघुवित्त कम्पनीको सेयर नेप्सेमा सूचीकृत आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो एक बर्षमा ३२२ वटा नयाँ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने चार लघुवित्त कम्पनीको सेयर नेप्सेमा सूचीकृत आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने