२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसेयर बजार २ दिनमा ७२ अंकले बढ्यो

सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार २७.५४ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.३३ प्रतिशतले बढेर बन्द भएको हो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । यससँगै पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७२ अंकको वृद्धि आएको छ ।

यसक्रममा सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढ्दा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ ।

सोमबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यसबाहेक नेरुडे मिरमिरे लघुवित्त, बाराही हाइड्रोपावर र एनआईसी एसिया बैंकको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ५ समूहमा गिरावट आएको छ । सोमबार वित्त समूह, जीवन बीमा समूह, उत्पादनमूलक समूह, लघुवित्त समूह र निर्जीवन बीमा समूहको सूचक घटेको हो । यसबाहेक बैंक, विकास बैंक, होटल तथा टुरिजम, जलविद्युत, लगानी, म्यूचुअल फण्ड, अन्य र व्यापार समूहको सूचक बढेको छ ।

आइतबार पनि नेप्सेमा उच्च अंकको वृद्धि आएको थियो । आइतबार नेप्से परिसूचक ४५ अंकले बढेर ५ अर्ब २५ करोडभन्दा माथिको कारोबार भएको थियो । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षापछि नेप्सेमा लगातार वृद्धि आइरहेको छ ।


क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ