२०८१ मंसीर ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्तायुवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’

युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’


मध्य तराईको बारा जिल्लामा जन्मिएका हुन्—अमर साह । काठमाडौंमै व्यवसायमा जमिरहेको परिवार भएकाले उनको शिक्षादीक्षा काठमाडौं भयो । उनी अध्ययनका क्रममा अष्ट्रेलिया गए । त्यहाँ उनको आकर्षक जागिर थियो । तर, अष्ट्रेलिया पुगेदेखि नै उनी नेपालमा ‘हाइटेक विजनेश’ गर्ने योजनामा थिए ।

सन् २०१७ मा नेपाल फर्किदा झण्डै १ करोड जति लिएर आएका उनले त्यसमा परिवार र बैंकबाट थप पैसा जुटाएर ३ करोड पु¥याए । उक्त पैसाबाट सन् २०१७ नोभेम्बरमा पिपुल्स प्लाजामा केकेएफसी खोले । केकेएफसीको पहिलो आउटलेट खोल्दा ठूलो लगानी परेको थियो । ‘त्यतिखेर हामीले कम रकममा कसरी गर्न सकिन्छ भन्ने सिक्यौं,’ हालैको एक साँझ कारोबारपाटीसँग उनले भने, ‘जसले गर्दा अर्को आउटलेट खोल्दा कष्ट १ करोडमा घट्यो । तर, क्वालिटी कमी ल्याएका छैनौं ।’

पिपुल्स प्लाजामा राम्रो विजनेश भएपछि सन् २०१८ सेप्टेम्बर २८ मा उनले मैतीदेवीमा दोस्रो आउटलेट खोले । त्यसको एक हप्तापछि सिभिल मलमा खोले । ‘एक महिनापछि कुमारीपाटीमा आउटलेट थपेर एकवर्षमै ४ वटा रेस्टुरेन्ट खोल्यौं,’ उनले सुनाए ।

व्यवस्थापन बलियो भएपछि उनले व्यवसाय विस्तार थप अगाडि बढाए । एक वर्षपछि फ्रेन्चाइज बुटवलमा खुल्यो । तर, त्यसपछिको एक वर्ष कोभिड—१९ संक्रमणले संसार नै ठप्प भएपछि उनको व्यवसायिक फैलावट पनि रोकियो ।

व्यवसाय फैलावट रोकिएपनि अमरले केही फरक गर्ने सोच अगाडि बढाइ नै रहेका थिए । त्यसपछि उनको ध्यान टिपिकल स्थानीय स्वादहरु कसरी पस्कने भन्नेमा गयो । त्यहीबाट ‘लोकल’को कन्सेप्ट जन्मेको उनले बताए । ‘हामीले स्थानीयमा गएर अनुसन्धान गरेर रोजाइ बुझेर लोकल खोल्ने कन्सेप्ट अगाडि बढायौं,’ उनले भने, ‘हामी लोकलमा सदाबहार रोजाइमा पर्ने परिकार राखेका छौं ।’ जसमा सेकुवा, मोमो, चाउमिन, चप्सी, टाउको र ह्याकुला फ्राइजस्ता परिकार छन् । पुरानो बानेश्वरमा २ करोड लागतमा ‘लोकल’ गत मंसिरमा सञ्चालनमा आएको हो । लोकलमा हरियाली वातावरण र संगीतमय माहोल विभिन्न स्वादहरु लोकट टेष्ट लिन पाइन्छ ।

अहिले उनको केकेएफसीमा १५ देखि १८ करोड लगानी पुगेको छ । केएफसीबाट मासिक एक करोड जति टर्न ओभर हुन्छ । लोकलमा ३ करोड जति लगानी छ । लोकलको मासिक ८०/९० लाख टर्न ओभर हुने उनले सुनाए । ‘कोभिड पछि अलि कम भएको छ,’ अमर भन्छन्, ‘जम्माजम्मी २० करोड लगानी पुगेको छ ।

अबको एक वर्षभित्र उनी ‘लोकल’लाई विस्तार गरेर भक्तपुर, ललितपुर र गोंगबुमा खोल्ने योजनामा छन् । यस्तै, पिपुल्स प्लाजा, मैतीदेवी, सिभिल मल, कुमारीपाटी, बुटवल, एयेरपोर्ट र पुरानो बानेश्वरमा गरेर ७ वटा ठाउँमा पुगिसकेको छ । यसलाई पनि उनी थप ठाउँहरुमा विस्तार गर्ने योजनामा छन् । ‘पिज्जा, बिरयानी, क्रन्ची चिकेन धेरैको रोजाइमा पर्ने हामीले अध्ययन गेरर थाहा पायौं,’ उनले सुनाए, ‘अब पिज्जा सेन्टर खोल्ने तयारी छ ।’

कोरोनापछि हामी ७० प्रतिशत पहिलाको अवस्थामा आइसकेका बताउँदैं उनले कोरोनापछि आम्दानी पनि सन्तुष्ट हुने खालको रहेको बताए । ‘लकडाउनकै बेला पनि हामीले २० दिन मात्र बन्द गर्यौ,’ उनले भने, ‘त्यसपछि होम डेलिभरीमार्फत घर—घरमा पु¥यायौं ।’ ५ वर्षभित्र १ सय करोड लगानी गर्ने योजना बनाएका उनका लागि कोभिड—१९ ले केही डिस्टर्व गरेपनि केही वर्षमै त्यसलाई पूरा गर्ने योजनामा अगाडि बढिरहेका छन् ।


क्याटेगोरी : अन्तर्वार्ता, विचार, समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ