२०८१ माघ २७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रलायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान

लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान


काठमाडौँ — लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपाल एमडी ३२५-डी ले विभिन्न क्षेत्रमा सफल ९ व्यक्ति र २ संस्थालाई सामाजिक अवार्ड प्रदान गरेको छ ।

समाजिक उत्तरदायित्व बहन गर्ने क्रममा लाइन्स क्लबले यो अवार्ड प्रदान गरेको हो । ११ वटा विधामा दिइएको अवार्डले लायन्सको सामाजिक प्रभावकारीतालाई प्रवर्धन गर्ने जनाइएको छ ।

क्लबद्वारा जारी विज्ञप्ति अनुसार प्रतीक प्रधानलाई सोसल जर्नालिजम अवार्ड, स्यालापा टी रिम्पोचेलाई सोसल स्प्रिचुअल अवार्ड, एरिका गुरूङलाई सोसल प्लेयर अवार्ड, राजेन्द्र मल्ललाई सोसल कर्पोरेट लिडर अवार्ड, राजेश हमाललाई सोसल सेलिब्रिटी अवार्ड, चन्द्र घिमिरेलाई सोसल ब्युरोक्रेटिक अवार्ड, विनोद दासलाई स्पोर्टस् म्यानेजमेन्ट अवार्ड, अनिल केडियालाई सोसल एकाडेमिक अवार्ड,मोहन ओझालाई सोसल म्यानेजमेन्ट अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै कम्पनीतर्फ सूर्य नेपाललाई कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड र रमेश कर्पोरेसनलाई सोसल कर्पोरेट हाउस अवार्ड प्रदान गरिएको थियो ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ