२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङराष्ट्र्र उत्थान लघुवित्तले बोलायो साधारण सभा

राष्ट्र्र उत्थान लघुवित्तले बोलायो साधारण सभा


काठमाडौं – राष्ट्र्र उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा असार १६ गते बस्ने भएको छ । उक्त सभा काभ्रेपलाञ्चोकंको धुलिखेलस्थित होटल अरनिकोमा बिहान १ बजेबाट सुरु हुनेछ ।

संस्थाको जेठ २६ गते बसेको सञ्चालक समितिको ९० औं बैठकले कम्पनीको चोथौ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

सभाले संस्थाको हाल कायम चुक्ता पूँजी १७ करोड ५० लाखलाई बढाएर २६ करोड रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले आशा लघुवित्तसँग मर्जर प्रक्रियालाई स्वीकृुत गर्ने र मर्जर प्रयोजनका लागि हालसम्म भएको सहमति र सम्झौता पनि पारित गर्नेछ।

सभाले आशा लघुवित्तसँग १ः१ सेयर स्वाप रेसियोमा मर्जर सझौतालाई पनि पारित गर्नेछ।
त्यस्तै, आशासँग मर्जरपछी बनेको ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा-१३ साँगामा रहने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थाको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले असार ५ गते सम्म बुक क्लोज गर्ने निणर्य गरेको छ । असार ४ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ