२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाउद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता

उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता


काठमाडौं । उद्यमशीलता बहुउद्देश्यीय सहकारी संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच म्यादी लघुजीवन बीमा सम्बन्धी सम्झौता भएको छ ।

सहकारी संस्थामा आवद्घ भएका ग्राहक सदस्यको म्यादी लघुजीवन बीमा गर्नको लागि गरिएको सम्झौतामा गार्डियनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र उद्यमशीलता तर्फबाट नि.प्रमुख कार्यकारी अधिकृत सुजीत खतिवडाले हस्ताक्षर गरेका छन् ।

कर्जाको सुरक्षाको निम्ति गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वाधिक जोखिम बहन गर्ने सुविधा सहित ल्याइएको “सामुहिक म्यादी जीवन बीमा”अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा,जुनसुकै कारणले,जुनसुकै समयमा मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिने साथै दाबी भुक्तानी २४ घण्टा भित्र हुने गार्डियनका सीईओ चिरायु भण्डारीले बताए ।

उक्त सम्झौता कार्यक्रममा गार्डियनका मुख्य प्रबन्धक कैलाश देवकोटा, प्रबन्धक दिलिप शर्माको समेत उपस्थिति रहेको थियो ।

काठमाडौ-१६ बनस्थलीमा केन्द्रीय कार्यालय रहेको उद्यमशीलता बहुउद्देश्यीय सहकारी संस्था प्रदेशस्तरको रहेको छ । “सबैका लागि सधैंका लागि” भन्ने मुलमन्त्रका साथ आफ्ना सदस्यहरुलाई स्तरीय एवं गुणस्तरीय सहकारी सेवा प्रदान गर्दै आइरहेको यस सहकारी संस्थामा रहेका प्रायः शेयर सदस्यहरु विभिन्न पेशामा आवद्घ रहेका छन् ।

उद्यमशीलताले ग्राहक सदस्यहरुमा उद्यमशीलता विकास गर्न लघुवित्त कार्यक्रम समेत संचालन गरेकाे छ ।


क्याटेगोरी : बीमा, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ