गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण Karobarpati शुक्रबार, २०८१ जेठ ११ गते, १४:३० मा प्रकाशित काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम देवेन्द्ररमण खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरिएको थियो । पदभार ग्रहणको अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा बृद्धि हुने गरी कार्य गरिने बताए । चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत थिए । २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् । यस अघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी नियुक्त गर्नका लागि बैंकले बैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो । कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त भएका खनाललाई बैंक सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरुबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । उक्त कार्यक्रम कम्पनी सचिव हेमराज खरेलले सञ्चालन गरेका थिए । क्याटेगोरी : अर्थतन्त्र, बैंकिङ, वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ५ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ६ छिमेक लघुवित्तले बढायो नाफा ७ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ट्रेण्डिङ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे जाल्पा लघुवित्तमा रोजगारीको अवसर आज देखि जनरल इन्स्योरेन्सको आईपीओ ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ असार ५ गतेदेखि स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे जाल्पा लघुवित्तमा रोजगारीको अवसर आज देखि जनरल इन्स्योरेन्सको आईपीओ ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ असार ५ गतेदेखि स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ?