२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटआइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता


काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.अभिशेक थापाले हस्ताक्षर गरेका हुन ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म किष्ट शिक्षण अस्पतालबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले किष्ट शिक्षण अस्पतालले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।


क्याटेगोरी : कर्पोरेट, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ