२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङकामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो


काठमाडौ, ४ माघ । कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

बैंकका आनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको हो । यसअवधिमा खुद शुल्क, कमिसन र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको बैंकले जनाएको हो ।

यस अवधिमा ३२.१९ प्रतिशत खुद नाफाले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ । साथै, खुद शुल्क तथा कमिसन २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको र सञ्चालन नाफा पनि ३२.२४ प्रतिशत ले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ ।

यता, खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ ।

कामना सेवाको चुक्ता पुँजी पुस मसान्तसम्म आइपुग्दा ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ ।


क्याटेगोरी : बैंकिङ, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ