गृहपृष्ठ ∕ राजनीति ∕ सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ? सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ? Karobarpati आईतबार, २०८१ असार २३ गते, १४:०० मा प्रकाशित काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् । कांग्रेस-एमालेबीच भएको सम्झौता अहिलेसम्म बाहिर नआएको बताउदै अपारदर्शी सहमति गरेर नयाँ गठबन्धन बनेको र यसले देशलाई स्थीरता नदिने दाबि गरे । उनले भने- ‘दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गएपनि सँगै जाने नर्क गएपनि सँगै जाने भन्ने अनि ललितपुरमा आफ्ना नेताहरुलाई सहमतिका लागि पठाउने यो कहाँको नैतिकता हो कमरेड ?’ उनले प्रधानमन्त्री र गृहमन्त्रीले भुटानी शरणार्थीको फाइल फेरी खोल्न थालेपछि बेचन झा पक्राउ परेपछि एमाले-कांग्रेसका नेताहरु बेचैन भएको र ढुंगा प्वाल परेको देखेको टिप्पणी गरे । उनले संबिधानमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर नलेखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले संबिधानमा रहेको व्यवस्था अनुसार नै आफ्नो अधिकारलाई प्रयोग गर्ने बताए । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणपछि कुनै नेतालाई नभेटेको र कुनै किसिमको सरकार बनाउने छलफल नगरेको बादी गरेका छन् । उनले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिएपछि संबिधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्ने संबिधानमा स्पष्ट व्यवस्था गरिएको बताए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन- ओली धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा ४ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ५ सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने ६ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ७ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ट्रेण्डिङ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार,२ जना घाइते एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सुमेरु अस्पतालमा विशेष छुट विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार,२ जना घाइते एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सुमेरु अस्पतालमा विशेष छुट विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन