२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रविकास बैंकलुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । लुम्बिनी विकास बैंकले १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

पौष २६ गते बिहिबारका दिन बसेको साधारण सभाले आ. ब. २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराई ज्यूको अध्यक्षतामा सम्पन्न १६ आंै वार्षिक साधारण सभामा आ.ब. २०७९/८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारे ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।


क्याटेगोरी : विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ