२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रविकास बैंकसांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच छुट सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच छुट सम्झौता


काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा प्रालि बीच छुट सम्झौता भएको छ ।

बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न किसिमका आवास तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता गा्रहकहरुले होटल शारामा खाना,सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छूटसम्म दिइएको छ ।

उक्त सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने बैंकले बताएको छ ।


क्याटेगोरी : विकास बैंक
ट्याग : #सांग्रिला डेभलपमेन्ट बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ