२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङघट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ?

घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ?


 

काठमाडौं । नबिल बैंकले चालु आर्थिक बर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्म खुद मुनाफातर्फ ३ अर्ब २० करोड ३० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको यस अवधिमा ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को दोसो्र त्रैमाससम्म बैंकको नाफा गत आवको यस अवधिको तुलनामा ६.१८ प्रतिशतले घटेको हो ।

बैंकले यस अवधिमा कुल कर्जा रकम ३ खर्ब ६२ अर्ब र कुल निक्षेप संकलन ४ खर्ब २८ अर्ब पुर्याउन सफल भएको छ ।

त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड रुपैयाँ रहेको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो ।

बैंकको यस अवधिमा सञ्चालन मुनाफा ४ अर्ब ५६ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । साथै यस अबधिमा बैंकको संचालन आम्दानी १० अर्ब ६ करोड रहेको छ ।

त्यस्तै, यस अवधिमा बैंकको एनपीएल भने घटेको छ गत आवको यस अवधिमा बैंकको खराब कर्जा १.४६ रहेकोमा चलु आवको यस यस अवधिमा एनपीएल घटेर १.२० प्रतिशतमा झरेको छ ।

चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको बैंककोे प्रतिसेयर आम्दानी २३.७४ रुपैयाँ, आम्दानी मूल्य अनुपात २०.८३ गुणा र प्रति सेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ