२०८१ कात्तिक २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटनेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात

नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात


काठमाडौं । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ ।

पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ ।

शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिनुभयो ।

 “अब मागका आधारमा दैनिक सिमेन्ट पठाउने तयारी छ,”उहाँले भन्नुभयो। पाल्पा सिमेन्टले पाल्पाको माथागढी-७, र रहबासमा रहेको खानीको चुनढुङ्गा प्रयोग गदैं आएको छ । हाल यो उद्योगले दैनिक एक हजार आठ सय मेट्रिकटन क्लिङ्कर र करिब तीन हजार मेट्रिकटन सिमेन्ट (जडित क्षमताका आधारमा) उत्पादन गर्दै रहेको छ ।

बजेटमा सम्बोधन

वर्षौं देखि निजी क्षेत्रले सिमेन्ट निर्यातको वातावरण तयार गर्न आग्रह गदै आएकोमा आगामी आर्थिक वर्ष २०७९/८०को बजेटले त्यसलाई सम्बोधन गरेको थियो । जसका कारण नेपालबाट सिमेन्ट निर्यात सम्भव भएको छ । बजेटले निर्यातको प्रचुर सम्भावना भएका वस्तुमध्ये सिमेन्टलाई समेत समावेश गरी निर्यातमा आठ प्रतिशत अनुदानको व्यवस्था गरेको थियो ।

त्यस्तै वार्षिक १० करोड रुपियाँभन्दा बढी विद्युत्खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था बजेटले गरेको छ । जसको प्रत्यक्ष फाइदा अत्यधिक विद्युत् खपत गर्ने सिमेन्ट उद्योगलाई हुने छ । यसबाहेक सिमेन्टको खानीसम्म पहुँच मार्ग र विद्युत् लाइन निर्माणको सुविधा पनि सरकारले दिँदै आएको छ । बजेटले निर्यातमा दिएको अनुदानकै कारण निर्यातको सम्भावना बढेको नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष धु्रवराज थापाले बताउनुभयो ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित गरिएको समाचार


क्याटेगोरी : पत्रपत्रीकाबाट, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ