काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय उडान सुरु भएको छ ।
नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी बिमान आज मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक अवतरण गरेको छ ।
क्वालालम्पुरबाट आएको नेपाल एयरलाइयन्सको बिमानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका छन् ।
कोललाम्पुरबाट उडेर आएको नेपाल एयरलाइन्सको बिमानले भैरहवा हुदै काठमाण्डौ जानेछ । यो उडान ‘टर्न-अराउड’ हो यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउदैन ।
मलेसिया—भैरहवाको उडान अवधि ४ घण्टा ४५ मिनेट रहेको छ । मलेसियाबाट आएको बिमानले भैरहवामा यात्रु ओरालेर जहाज काठमाडौं जाने छ ।
निगमले अहिले मलेसिया-भैरहवाको भाडा ३१ हजार र मलेसिया-काठमाडौं ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ ।
नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्न सकेको थिएन ।
त्यस्तै, जजिरा एयरलायन्स र हिमालय एयरलाइन्सले चार्टर उडान गरेतापनि अहिले ती विमान कम्पनीले उडान स्थगित गरेका छन्र ।