गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ बैंक तथा वित्तीय संस्थाको काम प्रति गुनासो भए राष्ट्र बैंकमा गुनासो दर्ता गर्ने सकिने बैंक तथा वित्तीय संस्थाको काम प्रति गुनासो भए राष्ट्र बैंकमा गुनासो दर्ता गर्ने सकिने Karobarpati मंगलबार, २०८० साउन १६ गते, १२:११ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामकारबाही प्रति कुनै पनि गुनासो भए समयमै गुनासो दर्ता गराउन आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सार्वजनिक सुचना जारी गदै सेवाग्राहीलाई बैंक तथा वित्तीय संस्थाका कामकारबाही प्रति चित्त नबुझे कसैको लहैलहैमा वा बहकाउमा नलागी सोको यथोचित व्यवस्थापनको लागि समयमै गुनासो दर्ता गर्दा स्थापित संस्थागत संरचनामार्फत समस्याको समाधानको पहल हुने बताएको छ । बैंक तथा वित्तीय संस्थाबाट सबै किसिमका सेवा लिइरहेका वा लिन चाहेका ग्राहकको हित संरक्षणका लागि प्रत्येक संस्थामा गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसका लागि केन्द्रीय बैंकमा समेत अलग्गै महाशाखा स्थापना गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संंरक्षण महाशाखाले वित्तीय ग्राहकको गुनासो व्यवस्थापन गर्दै आएको छ र गुनासोको प्रकृतिअनुसार राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नरको अध्यक्षतामा गठित व्यवसायी, बैंकर तथा अर्थ मन्त्रालयसमेतको प्रतिनिधित्व रहेको गुनासो व्यवस्थापन समितिमार्फत इजाजतपत्र प्राप्त संस्थालाई आवश्यकताअनुसार निर्देशनसमेत दिने गरिएको राष्ट्र बैंकद्वारा जारी सुचनामा उल्लेख छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक, बैंकिङ ट्याग : #वित्तीय चेतना तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की