गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै Karobarpati सोमबार, २०८० चैत्र १९ गते, ०९:५० मा प्रकाशित काठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार चैत २० गते सो ट्रेजरी बिल जारी हुने छ। यस ट्रेजरी बिलका लागि सोमबार(आज) दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असार १९ गते परिपक्व हुने बैंकले जनाएको छ। साथै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असोज १५ गते परिपक्व हुनेछ। बैंकले ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ। क्याटेगोरी : नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे Central bank issues amended unified directive for BFIs धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ट्रेण्डिङ २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह