२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङकिसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्झौता

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्झौता


काठमाडौं – किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभ्ने /गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुवै कम्पनीले साउन ९ गते मंगलबारका दिन मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । किसान लघुवित्त कम्पनीको केन्द्रिय कार्यालय कैलाली जिल्लाको लम्चीचुहा —४ मा रहेको छ भने जाल्पा सामुदायिक लघुवित्त कम्पनीको केन्द्रिय कार्यालय रुपन्देही जिल्लाको बुटबल —११ मा रहेको छ ।

मर्जर सझौता सँगै दुवै संस्थाले मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत सेयरधनीहरुको सेयर कारोबारका साधारणसभा सम्पन्न नहुन्जेलसम्म रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेका छन्।

 


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ