२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ‘युके भेरियन्ट’ तीब्र रुपमा फैलिदैं

नेपालमा ‘युके भेरियन्ट’ तीब्र रुपमा फैलिदैं

संक्रमितमध्ये पोखराका ५० प्रतिशत बालबालिका


काठमाडौं । नेपालमा कोरोनाको ‘युके भेरियन्ट’को संक्रमण तीब्र रुपमा फैलिरहेको पाइएको छ । इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले गरेको रेण्डम अनुसन्धानमा संक्रमितमध्ये अधिकांशमा ‘युके भेरियन्ट’ पहिचान हुने एस जीन पोजेटिभ देखिएको हो ।

इडिसिडीका निर्देशक डा. कृष्ण पौडेलकाअनुसार पोखरामा रेण्डम परीक्षण गरिएका १७६ जनामध्ये १०५ जनामा कोरोनाको युके भेरियन्टको संक्रमण भएको पाइएको छ । उनकाअनुसार पोखरामा १०५ जनाका एस जीन पोजेटिभ पाइएको हो । पोखरामा कोरोना पोजेटिभ देखिएकामध्ये ५० प्रतिशत बालबालिका रहेका छन्

। यस्तै, काठमाडौंमा ७५ जनाको रेण्डम परीक्षण गर्दा ४८ जनामा कोरोनाको युके भेरियन्ट भनेर चिनिने एस जीन पोजेटिभ पाइएको छ । काठमाडौं उपत्यकामा १० प्रतिशत संक्रमित ११ देखि २० वर्ष उमेरका रहेका छन् । यस्तै १० वर्षमुनिका ६ प्रतिशत बालबालिकामा युके भेरियन्टको संक्रमण देखिएको छ ।

रेण्डम अनुसन्धानमा पछिल्लो एक हप्तामा संक्रमितमध्ये ६० प्रतिशतमा युके भेरियन्ट पाइएको छ । परीक्षण गरिएकामध्ये जम्मा १० प्रतिशतमा मात्रै कोरोना नेगेटिभ पाइएको छ । डा. पौडेलकाअनुसार युके भेरियन्टका कारण चाडो जटिलता देखिएको पाइएको छ । ‘युके भेरियन्टका कारण चाडो जटिलता देखिएको छ,’ उनले भने, ‘आईसीयुमा बस्ने समय पनि बढी देखिएको छ ।’ यी सबै रेण्डम नमुनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ