२०७९ असोज १०, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्तायुवा गायक विक्रम बराल अष्ट्रेलियामा पनि संगीतलाई निरन्तरता दिने

युवा गायक विक्रम बराल अष्ट्रेलियामा पनि संगीतलाई निरन्तरता दिने


काठमाडौं – नेपाल आइडल सिजन-२ का उपविजेता विक्रम बराल उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया उडेका छन् । शुक्रबार उनी अष्ट्रेलियाको ब्रिसबेनस्थित टोरेन्स युनिभर्सिटीमा माष्टर इन प्रोफेसनल एकाउण्टिङ अध्ययन गर्नका लागि विदेश उडेका हुन् ।

एबीसी ग्लोबल एजुकेशन कन्सल्ट्यान्सीको नयाँ बानेश्वरस्थित शाखाबाट विक्रमले भिसा प्रक्रिया पूरा गरेका थिए । उनले भिसा प्रक्रिया पूरा गरिदिने एबीसी ग्लोबल एजुकेशनको टिमलाई समेत धन्यवाद दिएका छन् । ‘भिसा प्रक्रिया सफल बनाउन सहयोग गर्ने अभिमानसिंह बस्नेत, तपन थापा, डोजिल केसी र सम्पूर्ण एबीसी ग्लोबल एजुकेशन परिवारलाई धन्यवाद दिन चाहन्छु,’ युवा गायक बरालले भने ।

उनले आफू अष्ट्रेलिया पुगेर पनि संगीतकर्मलाई निरन्तरता दिनेसमेत उल्लेख गरे ।

सन् २०१० मा उनले विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि प्ल टु पनि विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट बीबीए पनि विशिष्ट श्रेणीमै उत्तीर्ण गरेका छन् ।

उनले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई एक पटक एबीसी ग्लोबल भिजिट गर्न समेत अनुरोध गरेका छन् ।


क्याटेगोरी : अन्तर्वार्ता



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ