२०८१ कात्तिक २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रवाणिज्य बैेंक२ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी

२ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी


काठमाडौं । चालु आर्थिक बर्ष २०८०/०८१ को २ महिनामै ५ वाणिज्य बैंकहरुले  १ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०८०/०८१ को २ महिनामा वाणिज्य बैंकहरुको नाफा १६ अर्ब ६४ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।

यस अबधिमा १ अर्ब भन्दा बढी नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैक रहेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यस अबधिमा संचालनमा आएका २० वाणिज्य बैंकहरुमघ्ये सबैभन्दा बढी खुद नाफा  कमाउनेमा  ग्लोबल आईएमइ बैंक रहेको छ ।

ग्लोबल आईएमइ बैंकले   यस अबधिमा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै यस अबधिमा खुद नाफा आर्जन गर्ने दोस्रो स्थानकाे  नबिल बैक रहेको छ । नबिल बैकले १ अर्ब ५६ करोड रुपैयाँ  र  तेस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

हिमालयन बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गदै चौथो स्थानमा रह्यो भने १ अर्ब १४ करोड  रुपैयाँ नाफा कमाउदै कुमारी बैंक पाँचौँ स्थान रहेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड ५ लाख , प्राइम कमर्सियलले ८३ करोड ६५ लाख लक्ष्मी सनराइजले ८१ करोड ४० लाख र एनआईसी एशियाले ८० करोड रुपैयाँ खुद नाफा आर्जन गर्ने सफल भएको छ ।

त्यस्तै एनएमबी बैंकले ७६ करोड ७० लाख रुपैयाँ,एभरेष्टले ७१ करोड २५ लाख रुपैयाँ,नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ, प्रभुले ६६ करोड ४१ लाख रुपैयाँ,कृषि विकासले ६१ करोड ५६ लाख रुपैयाँ ,सिद्वार्थले ५८ करोड ६६ करोड रुपैयाँ ,सानिमाले ५१ करोड २१ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डले ४८ करोड ४५ लाख रुपैयाँ र सिटिजन्स बैंकले ४४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्ने सफल भएका छन् ।

साथै माछापूच्छ्रेले ३७ करोड ३८ लाख रुपैयाँ र नेपाल एसबीआइ बैंकले २७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।


क्याटेगोरी : वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ