२०८१ असार ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ६१८ सहित थप १२४६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ६१८ सहित थप १२४६ जनामा कोरोना पुष्टि

बिहिबार नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ


काठमाडौं– काठमाडौं उपत्यकामा ६ सय १८ सहित थप १ हजार २ सय ४६ जना कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा ५ सय ७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना नयाँ संक्रमित थपिएका छन्।

बिहिबार नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।

 हाल १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १२ सय ४३ रहेको छ।

 नेपालमा १ सय ८२ जना आइसियु र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ