२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमेरो माइक्रोफाइनान्स लघुवित्तको ८०.५७ प्रतिशतले घट्यो नाफा, खराब कर्जा ५.८४ प्रतिशत

मेरो माइक्रोफाइनान्स लघुवित्तको ८०.५७ प्रतिशतले घट्यो नाफा, खराब कर्जा ५.८४ प्रतिशत


काठमाडौं । आर्थिक बर्ष २०७९/०८० को चौथौ त्रैमाससम्मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ८०.५७ प्रतिशतले घटेको छ ।

लघुवित्त कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक बर्ष २०७८/०७९ मा ३७ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस अवधिमा यस्तो नाफा घटेर  ७ करोड १९ लाख रुपैयाँमा सिमित हुन पुग्यो ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा गिरावट आएको छ ।

अघिल्लो आवमा १ अर्ब ९ करोड खुद ब्याज आम्दानी गरेको संस्थाले यस अवधिमा यस्तो आम्दानी घटेर ७६ करोड १९ लाख रुपैयाँमा सिमित हुन गयो ।

त्यस्तै,संचालन मुनाफा ९ करोड ३४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो मुनाफा ५४ करोड १६ लाख रुपैयाँ रहेको थियो । यस्तो मुनाफा ८२.७५ प्रतिशतले घटेको हो ।

यस अवधिमा  संस्थाले  ८ अर्ब ६० करोड रुपैयाँ सापटी लिई १३ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवमा संस्थाले १० अर्ब ३९ करोड रुपैयाँ सापटी लिई  १६ अर्ब  ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

संस्थाले आर्थिक बर्ष २०७९/०८० को चौथो त्रैमाससम्ममा ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गर्ने सफल भएको छ । संस्थाको वितरणयोग्य मुनाफा भने २ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो बर्षको तुलनमा यस समिक्षा अवधिमा संस्थाको खराब कर्जा भने बढेको छ ।  आर्थिक बर्ष २०७८/०७९ मा २.९४ प्रतिशत खराब कर्जा रहेकोमा यस समिक्षा अबधिमा बढेर ५.८४ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढ्दा संस्थाले १० करोड ९७ लाख रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ । अघिल्लो वर्ष ४६ करोड ४९ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ५० करोड ७७ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५.४५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४२.१८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२१.३० गुणा रहेको छ ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ