गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ भैरहवा–विराटनगर सिधा उडान सुरू हुँदै, सौर्य एयरलाइन्सले अब दैनिक उडान भर्ने भैरहवा–विराटनगर सिधा उडान सुरू हुँदै, सौर्य एयरलाइन्सले अब दैनिक उडान भर्ने Karobarpati बुधबार, २०७८ कात्तिक १७ गते, २०:०३ मा प्रकाशित काठमाडाैं । सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले २२ कात्तिकदेखि प्रदेश ५ र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गर्न लागेको हो । आठ वर्षदेखि सेवा दिँदै आएको एयरलान्सले ५० सिट क्षमताको जेट विमानबाट दुई औधोगिक क्षेत्रलाई जोड्न दैनिक उडान गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए । हालसम्म कुनै पनि एयरलाइन्सले विराटनगरबाट भैरहवाको सिधा उडान गरेको छैनन् । एयरलाइन्सले हाल नौ वटा स्थानमा उडान गर्दै आएको छ । भैरहवा–विराटनगर थपिएसँगै अब दैनिक उडान संख्या १० पुगेको छ । तीन वटा जेट विमानबाट सेवा दिँदै आएको एयरलाइन्सले अरु भन्दा सहुलियत, सुरक्षित र अनटाइम उडान गर्ने दाबी गरेको छ । जहाजलाई गन्तव्यमा पुग्न ५३ मिनेट लाग्ने एयरलाइन्सले जानकारी दिएको छ । सौर्यले ६ हजारमा दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उड्ने र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ । कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ । चाडै नै नेपालगन्ज र राजविराजको उडान पनि थाल्ने कम्पनीले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ३ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ७ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर ट्रेण्डिङ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज पाेखरामा कांग्रेसलाई समाजवादी स्वीकार्य, मेयर छोडेर उपमेयरको मात्रै नाम केन्द्रमा सिफारिस बडा दसैंकाे पहिलाे दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदै नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित नेपाल इन्भेस्टमेन्ट बैकले ३५ औं स्थापना दिवस मनायो राष्ट्र बैंकले ११ अर्ब २० करोडको टे्रजरी बिल बिक्री गर्ने सहकारीहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंकजस्तो भए : मन्त्री श्रेष्ठ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज पाेखरामा कांग्रेसलाई समाजवादी स्वीकार्य, मेयर छोडेर उपमेयरको मात्रै नाम केन्द्रमा सिफारिस बडा दसैंकाे पहिलाे दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदै नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित नेपाल इन्भेस्टमेन्ट बैकले ३५ औं स्थापना दिवस मनायो राष्ट्र बैंकले ११ अर्ब २० करोडको टे्रजरी बिल बिक्री गर्ने सहकारीहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंकजस्तो भए : मन्त्री श्रेष्ठ