२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रफाइनान्ससमृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता


काठमाडाैं । समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच पि.एम.एस.व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ ।

साउन १८ गते भएको सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि.एम.एस.व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको छ ।

उक्त सम्झौता पत्रमा समृद्धिको तफबाट  प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तफबाट  प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता पत्र समृद्धि फाइनान्सको पुतलिसडक शाखामा भएको हो ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।


क्याटेगोरी : फाइनान्स, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ