२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङसिटिजन्स बैंकको नाफा बढ्यो, अरु सूचक कस्तो ?

सिटिजन्स बैंकको नाफा बढ्यो, अरु सूचक कस्तो ?


 

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफा १०.४१ प्रतिशतले नाफा बढेको छ ।

बैकको आर्थिक बर्ष २०७९/०८० को वित्तीय विवरण अनुसार बैंकले २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो आर्थिक वर्ष २०७८/०७९को तुलनामा १०.४१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

आव २०७८/०७९असारमसान्त सम्ममा ४ अर्ब ९९ करोड ३४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले आव २०७९/०८० असारमसान्त सम्ममा ५ अर्ब ८५ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो १७.३० प्रतिशतले बढेको हो ।

त्यस्तै समिक्षा अवधिमा बैंकको संचालन नाफा १३.४२ बढेर ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ पुगेको छ भने बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख निक्षेप संकलन गरि १ खर्ब ४० अर्ब ४० करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । १४ अर्ब २० करोड ९ लाख ७४ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष बढेर ६ अर्ब ७ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.१० र प्रतिसेयर नेटवर्थ १५०.०८ रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको खराब कर्जा २.२२ प्रतिशत रहेकोमा यस आवमा यो बढेर ३.१९ प्रतिशत पुगेको छ । यस्तै, बैंकको सीडी रेसियो ८२.४० प्रतिशतमा झरेको छ भने लागत ८.३४ प्रतिशत र आधार दर १०.५१ प्रतिशत छ ।


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक
ट्याग : #सिटिजन्स बैंक इन्टरनेसनल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ