२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमोटरबाटो नभएको खेतीयोग्य जग्गा धितोमा २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने

मोटरबाटो नभएको खेतीयोग्य जग्गा धितोमा २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने


काठमाडाैं  । मोटरबाटो नभएको खेतीयोग्य जग्गा धितो राखी कृषि प्रयोजनका लागि २० लाख रुपैयाँ सम्म कर्जा पाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सुचना जारी गदंै बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरिने गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्र्ने उद्देश्यले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि २० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई धितोका रुपमा स्वीकार गर्न सक्ने व्यवस्था रहेको जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र स्वीकृत गर्नुपर्ने राष्ट्र बैंकको सुचना उल्लेख छ । स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा जबाफ दिनुपर्ने व्यवस्था रहेको केन्द्रिय बैंकले जनाएको छ ।

यस निर्देशनको पालना नभएको अवस्थामा कर्जा प्रदान गर्ने संस्था वा राष्ट्र बैंकमा गुनासो गर्दा गर्न सकिने राष्ट्र बैंकले जानकारी गराएको छ ।

 


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ