२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमहालक्ष्मी विकास बैंकद्वारा प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित

महालक्ष्मी विकास बैंकद्वारा प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित


काठमाडाैं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै आएको महालक्ष्मी विकास बैंकले प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ ।

नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकका हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत मातृभुमी साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार-२०७९ द्वारा प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ ।

बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भु प्रसाद पराजुलीले  ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार (रकम बराबरको चेकका साथै सम्मानपत्र) प्रा. डा. गोविन्दराज भट्टराईलाई हस्तान्तरण गरेका छन् ।

साहित्यकार भट्टराईले विभिन्न विधाहरुमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको हो । सम्मानित साहित्यकारले बैंकले पनि साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै उपस्थित सम्पूणर्लाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गरे ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #महालक्ष्मी विकास बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ