२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङ४२.७१ प्रतिशतले बढ्यो निफ्राको नाफा

४२.७१ प्रतिशतले बढ्यो निफ्राको नाफा


काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)को नाफा ४२.७१ प्रतिशतले बढेको छ ।

आर्थिक बर्ष २०७९/०८० को चौथो त्रैमासिकको वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आवमा बैंकको ब्याज आम्दानी ४४.७५ प्रतिशतले बढेको छ । सो अवधिमा २ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले सोही अवधिमा १ अर्ब ८८ करोड २ लाख रुपैयाँ मात्र ब्याज आर्जन गरेको थियो ।

आर्थिक बर्ष २०७८/०७९मा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४६ करोड ३५ लाख रुपैयाँ रहेकोमा आर्थिक बर्ष २०७९/०८० मा यस्तो मुनाफा ४२.६८ प्रतिशतले बढेर २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

बैंकको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । तयस्तै यस अवधिमा बैंकको जगेडा कोष ३१.७२ प्रतिशतले बढेको छ । यस अवधिमा जगेडा कोषमा २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो शीर्षकमा १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ थियो ।

बैंकको प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयाँ रहेको छ । प्रतिसेयर कुल सम्पतिको मूल्य भने १२९.५९ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ