काठमाडौं । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गरी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आषाढ ३१ गतेदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गरेको छ ।
एकीकृत वित्तीय कारोबार शुभारम्भ कार्यक्रममा साविक आशा लघुवित्त वित्तीयका अध्यक्ष निर्गुण प्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सुरुवात भएको थियाे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि राम बहादुर पाण्डेले केन्द्रीय कार्यलयमा रिवन काटी पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
विहान ९ बजे सुरु भएको कार्यक्रममा साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाकी कार्यकारी निर्देशक जया लोहनीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।
शुभारम्भ कार्यक्रमा अतिथिहरु रमेश सिंह खड्का तथा शंकर प्रसाद कालिकोटाले मन्तव्य व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । शुभारम्भ कार्यक्रमको सञ्चालन साविक आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले गरेका थिए ।
उक्त कार्यक्रमा दवै संस्था तर्फका पुर्व अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु लाई प्रमुख अथिती रामबादुर पाण्डे तथा कार्यक्रमा सभापति निर्गुण प्रसाद भट्टचनले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए ।
एकीकृत कारेवार पश्चात आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र मसान्तको वित्तीय प्रतिवेदको आधारमा संस्थाको कुल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँ जगेडा कोष २४ करोड ९९ लाख ६३ हजार ८७० रुपैयाँ रहेको छ ।
त्यस्तै,बचत संकलन २ अर्ब ७५ करोड ३६ लाख १५ हजार ३२० रुपैयाँ, कुल लगानीमा रहिरहेको कर्जा .८ अर्ब ७३ करोड १७ लाख ३७ हजार १९० रुपैयाँ , कुल शाखा कार्यालय संख्या १५६, कुल सदस्य संख्या १ लाख २९ हजार ४४२, कुल ऋणी संख्या ७३ हजार ६०५, कुल कर्मचारी संख्या ६१२ पुग्ने वित्तीय संस्थाले जनाएको छ ।