२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङऔरहीमा समृद्धि फाइनान्सको दसौँ शाखा कार्यालय संचालनमा

औरहीमा समृद्धि फाइनान्सको दसौँ शाखा कार्यालय संचालनमा


काठमाण्डौ । समृद्धि फाइनान्सले महोत्तरीको औरहीमा दसौँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बुधबार औरही नगरपालिकाका मेयर प्रदीपकुमार खडका र समृद्धि फाइनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रुपमा औरही शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकणर्प्रसाद दुवाडीले संस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवासुविधाका बारे प्रकाश पारेका थिए।

त्यस्तै, औरही नगरपालिका-१ का वडाध्यक्ष योगी चौधरी, औरही उद्योग वाणिज्य संघका प्रमूख श्रवण चौधरी र औरही नगरपालिकाको मेयर प्रदीपकुमार खडकालगायतले बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै संस्थाको प्रगतिको शुभकामना दिए ।

नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल १० वटा पुगेको छ । संस्थाले यसै हप्ता थप २ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ ।


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ