काठमाडौ । आशा लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा बोलाएको छ ।
उक्त सभा नुवाकोटको ककनिस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा बिहान १० बजेबाट सुरु हुनेछ ।लघुवित्त संस्थाको जेठ ३१ गते बसेको सञ्चालक समितिको १२३ औं बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।
उक्त सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने सम्बन्धमा संचालक समितिको प्रतिवेदन तथा संयुक्त प्राप्ति समितिले गरेका निणर्य लगायत सम्पूण कामकारवाहीलाई अनुमोदन गर्ने छ ।
त्यस्तै यी दुई लघुवित्तबीच प्राप्ति सम्बन्धी अन्तिम सझौता पत्रलाई सभाले स्वीकृत गर्ने छ । सभाले आशा लघुवित्त र राष्ट्र्र उत्थान लघुवित्तबीच १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने प्रक्रियालाई पारित गर्नेछ ।
सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने प्रयोजनका लागि चल अचल सम्पत्ति दायित्व मूल्याङन गर्ने संयुक्त प्राप्ति समितिबाट सम्पत्ति दायित्व मूल्यङ्खनकर्ता एनबीएसएम एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट लाई नियुक्त गरेको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गरेकोमा संचालक समितिको सिफिसिमा लेखापरिक्षकको नियुक्त तथा पारिश्रमिक सम्बन्धी निणर्यलाई अनुमोदन गर्नेछ ।
सभाले प्राप्ति कार्य सम्पन्न भई एकीकृत कारोबार गरी दुवै संस्थाको प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठनपश्चात साविक सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिनेसम्बन्धी विशेष प्रस्ताव समेत परित गर्नेछ ।
प्राप्तिपछी राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने र कम्पनीको केन्द्र्रिय कार्यालय बनेपा न.पा.—१३ काभ्रेपलाञ्चोकमा रहने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
राष्ट्र्र उत्थानलाई प्राप्तिपछि संस्थाको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।