२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङसनराइज बैंकले गर्यो निःशुल्क आँखा शिविर

सनराइज बैंकले गर्यो निःशुल्क आँखा शिविर


काठमाडौं । सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले निःशुल्क आँखा शिविर संचालन गरेको छ।

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत चन्द्रनिगाहपुर शाखाले पर्साको वीरगन्जस्थित दृष्टि आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर कार्यक्रम सचालन गरेको हो ।

उक्त शिविर चन्द्रपुर-९स्थित श्री माविमा संचालन भएको थियो । शिविरबाट २४० जना स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवाहरु लिएका थिए

। शल्यक्रिया र औषधिका लागि डाक्टरको सल्लाह लिएका मानिसहरु खुसी हुँदै बैंकले यो शिविर आयोजना गरेकोमा धन्यवाद दिए।

शुक्रबार भएको शिविरको उद्घाटन बैंकका मधेश प्रदेश प्रमुख दीपक पण्डितले गरेका थिए । शिविरमा जीवन विज्ञान केन्द्र मधेश प्रदेश प्रमुख शैलेश पौडेल, श्री माविका मुख्य शिक्षक राजेशकुमार चौधरी, नयाँ नेपाल सेवा केन्द्रका स्वयंसेवक निर्मला चौधरी र बैंकको चन्द्रनिगाहपुर शाखामा शाखा प्रबन्धक अरुण राज  पौडेल तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

दृष्टि आँखा अस्पताल र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्रजस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवर्द्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर सफल बनाउन सहयोग पुगेको बैंकले जनाएको छ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #सनराइज बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ