२०८१ कात्तिक ४, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रविधिरियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक


काठमाडौं – सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ ।

नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय गायकहरु भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरुको अत्यन्तै उत्साहजनक सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागि युवायुवतीहरुले भेक र यावेशको प्रस्तुतिमा नाच्दै-गाउँदै भरपुर मनोरञ्जन लिएका थिए ।

आफुलाई मन पर्ने गायकहरुको प्रस्तुतिमा रमाउन पाएका हजारौंँ दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

उक्त अवसरमा बोल्दै रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मुनिश गिरीज्युले भन्नुभयो,“हाम्रो रियलमी कम्युनिटीको यो उत्साहजनक सहभागिताले हामी हर्षविभोर भएका छौँ । हाम्रो लागि यो नयाँँ मोडल लन्च गर्ने प्ल्याटफर्म मात्र नभएर हाम्रो कम्युनिटी, हाम्रो इनोभेसन र फ्युचरलाई सेलिब्रेट गर्ने अवसर पनि हो । तपाईंहरुको अटुट विश्वासले टेक्नोलोजी, डिजाइन र अफोर्डेबिलिटिमा प्रत्येक दिन प्रगति गर्दै जाने हाम्रो प्रतिवद्धतालाई हौसला दिएको छ । यी नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि त्यही प्रतिवद्धताको प्रमाण हुन् ।

यी दुवै मोडलहरुमा हामीले कनेक्टिभिटी, पर्फर्मेन्स र स्टाइललाई प्राथमिकता दिएका छौँ । नेपाली युवा ग्राहकहरुले रियलमीप्रति जुन वफादारिता र लगाव देखाउनुभएको छ, त्यसैको सम्मानस्वरुप हामीले यो फ्यान फेस्ट आयोजना गरेका छौँ । आशा छ तपाईंहरु सबैले आफ्ना साथीभाइ र परिवारजनसँग भरपुर मनोरञ्जन लिनुहुनेछ ।”

रियलमी ११ एक्स फाइभ जिका मुख्य फिचरहरु :
रियलमी ११ एक्स फाइभ जिमा मिडियाटेकको उच्च स्तरको ६nm डाइमेन्सिटी ६१००+SoC पावरफुल चिपसेट रहेको छ । डाइनामिक र्‍याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर यसको मेमोरी १६ जिबिसम्म बढाउन मिल्छ । फाइभ जि कनेक्टिभिटि सहित आउने यो सेटमा ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले २९ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज हुन्छ ।

क्यामराको कुरा गर्नुपर्दा यसमा यस सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपिको एआइ क्यामरा राखिएको छ जसले क्लियर, शार्प, र डिटेल तस्बिर लिन्छ । २x इन-सेन्सर जुम भएको हुँदा यो क्यामराको जुम क्वालिटी पनि राम्रो रहेको छ । त्यस्तै यसको नाइट-स्केप मोडमा रियलमीको फ्ल्यागशिप लेबल प्रो- लाइट इमेजिङ सफ्टवेयर प्रयोग गरिएको हुँदा रातको समयमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ ।

५००० एमएएचको शक्तिशाली ब्याट्रि राखिएको यस रियलमी ११ एक्समा एकचोटि फुल चार्ज गरेपछि दिनभरी आरामसँग भिडियो हेर्न वा गेम खेल्न सकिन्छ । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ ।

६.७२ इन्चको अल्ट्रा स्मुथ फुल एचडी+ आइपिएस स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ ।

अन्य फिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरु पनि रहेका छन् ।

रियलमी ११ फाइभ जिका मुख्य फिचरहरु :

रियलमी ११ फाइभ जिमा मिडियाटेकको डाइमेनसिटी ६nm ६१००+ को पावरफुल चिपसेट रहेको छ जुन नयाँ हुनुको साथै उच्च स्तरको हो । यसमा भएको ८ जिबि र्‍यामलाई डाइनामिक र्‍याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर १६ जिबिसम्म बढाउन मिल्छ । ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यो सेटमा ६७ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले १७ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज हुन्छ ।

१०८ मेगा पिक्सेलको सामसँग आइसोसेल एच्एम्६ प्राइमरी क्यामरा र २ एमपिको सेकेन्डरि क्यामरा सहितको डुअल क्यामरा सेटअप सहित आउने यस रियलमी ११ फाइभ जिमा सेल्फी र भिडियो कलको लागि १६ एमपिको फ्रन्ट क्यामरा राखिएको छ ।

६.७२ इन्चको फुलएचडी प्लस आइपिएस् स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यो डिस्प्लेमा २४० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ । अन्य फिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, जाइरो सेन्सर, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरु पनि रहेका छन् । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ ।

मुल्य
८/१२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभ जिको मुल्य रु.२९,९९९ र ८/२५६ जीबी स्टोरेज क्षमता भएको रियलमी ११ फाइभ जिको मुल्य रु.३९,९९९ रहेको छ ।

रियलमी ११ फाइभ जि आकर्षक ग्लोरी ब्ल्याक र ग्लोरी गोल्डमा उपलब्ध छ भने रियलमी ११ एक्स फाइभ जि आकर्षक मिड नाइट ब्ल्याक र पर्पल डाउनमा उपलब्ध छ । दुवै स्मार्टफोनहरु देशभरका अनलाइन र आधिकारिक बिक्रेताहरु मार्फत उपलब्ध हुनेछन् ।


क्याटेगोरी : प्रविधि



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ