२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिसंवैधानिक परिषदको बैंठकमा प्रधानमन्त्रीसहित उपस्थित बहुमत सदस्यले निणर्य गर्ने सक्ने

संवैधानिक परिषदको बैंठकमा प्रधानमन्त्रीसहित उपस्थित बहुमत सदस्यले निणर्य गर्ने सक्ने


काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न सक्नेगरी अध्यादेश जारी गरेको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७ राजपत्रमा प्रकाशित गरेकाे हो।

संवैधानिक परिषदको बैठक बस्नका लागि यसअघि प्रधानमन्त्री सहित अन्य चार सदस्य आवश्यक पर्ने व्यवस्था थियो भने अध्यादेशमा त्यसलाई परिवर्तन गरिएको छ। अध्यादेशमा अध्यक्ष (प्रधानमन्त्री) सहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठक बस्न सक्ने व्यवस्था छ।

संविधानमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख रहेको संवैधानिक परिषद्को व्यवस्था गरिएको छ ।

अब तत्काल कायम रहेका (अहिलेलाई ५ जना) सदस्यको बहुमतबाट निणर्य गर्न सक्ने बाटो पनि खुला गरेको छ। तत्काल कायम रहेका सदस्य संख्याको बहुमतले निणर्य गर्न सक्ने सुविधा अध्यादेशमा छ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ