२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रविधिविदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने

विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने


काठमाडौं । अब विदेशबाट फर्किने नेपालीहरुले २ थान मात्र मोबाइल ल्याउन पाउने भएको छ ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकले विदेशबाट फर्किने नेपालीहरुले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्थाको निणर्य गरेको हो।

नेपाल सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पहिले पाइरहेको सुविधाबाहेक विदेशबाट फर्किने नेपालीहरुले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था मन्त्रिपरिषद्कोे बैठकले निणर्य गरेको जानकारी दिइन्।

हाल विदेशबाट फर्किने नेपाली नागरिकले पूणर् भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।

साथै,बैठकले एमडीएमएस व्यवस्था पनि लागु गर्ने निणर्य भएको छ ।


क्याटेगोरी : प्रविधि



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ