काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरले १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५ सय कित्ता साधरण सेयर निष्कासन गर्ने लागेको हो ।
कम्पनीले निष्कासन गर्ने कूल सेयरमध्ये ३९ हजार १ सय ५० कित्ता कर्मचारीहरु र ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ ।
त्यसमा बाँकी रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता सेयरमा सर्वसाधारणले असार २३ सम्म आवेदन दिन पाउने तथा निष्कासनबमोजिम माग नआए ढिलोमा साउज २ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।त्यस्तै, आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको २३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।