२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रमध्यमर्स्याङदी, माथिल्लो मर्स्याङदी र न्यादीको विद्युत उत्पादन आज बन्द हुने

मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङदी र न्यादीको विद्युत उत्पादन आज बन्द हुने


 

काठमाडौं । आज मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङदी र न्यादीको जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ ।

लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गत वर्ष असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी-मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार जडान गर्ने लाइन बन्द गरिएको हो ।

प्रसारण लाइन बन्द भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द हुने छ । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

 

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ ।

करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ । आइतबार मध्यमर्स्याङ्दीबाट विद्युत उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत निर्यात कम हुने छ । शुक्रबार करिब साढे २ सय मेगावाट विद्युत निर्यात हुने छ ।


क्याटेगोरी : अर्थतन्त्र, उर्जा
ट्याग : #नेपाल विद्युत प्राधिकरण, #न्यादी जलविद्युत आयोजना, #मध्यमर्स्याङदी जलविद्युत आयोजना, #माथिल्लो मर्स्याङदी जलविद्युत आयोजना


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ