२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेपाल धितोपत्र बोर्डले चारवटा सेयर ब्रोकरलाई काठमाण्डौ बाहिरका शाखा संचालनको लागि स्वीकृति

नेपाल धितोपत्र बोर्डले चारवटा सेयर ब्रोकरलाई काठमाण्डौ बाहिरका शाखा संचालनको लागि स्वीकृति


नेपाल धितोपत्र बोर्डले सेयर बजारको नियामक निकाय धितोपत्र दलाल व्यवसायी ९सेयर ब्रोकर० लाई काठमाण्डौ बाहिरका केहि स्थानहरुमा शाखा संचालनका लागि स्वीकृति प्रदान गरेको छ।

बोर्डले चारवटा सेयर ब्रोकरलाई काठमाण्डौ बाहिरका बिभिन्न सात स्थानमा शाखा संचालनको लागि स्वीकृति दिएको हो। यसरी स्वीकृति पाउनेमा भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, नेपाल स्टक हाउस रहेका छन्।

भिजन सेक्युरिटिजले कावासोती नवलपरासी, बेनी म्यादी, दमौली तनहुँमा गरि तीनवटा शाखा संचालनको लागि स्वीकृति पाएको छ भने अनलाइन सेक्युरिटिजले बट्टार नुवाकोट, दिपशिखा धितोपत्रले टांडी चितवन, नेपाल स्टक हाउसले बिदुर नुवाकोट तथा टिकापुर कैलालीमा शाखा संचालनको लागि स्वीकृति पाएका हुन्।

धितोपत्र दलाल व्यवसायीको शाखा संचालनका लागि बोर्डमा स्वीकृति प्रदान गरिएका स्थानहरु ।

त्यस्तै धितोपत्र बोर्डले १० वटा सेयर ब्रोकरलाई देशका बिभिन्न ठाउँमा शाखा संचालनको लागि त्यहाँ पूर्वाधार तयार गर्नलाई स्वीकृति दिएको छ। १० वटा सेयर ब्रोकरले देशका बिभिन्न १५ वटा स्थानमा शाखा संचालनको लागि त्यहाँ पूर्वाधार तयार गर्नलाई स्वीकृति पाएका हुन्।

 


क्याटेगोरी : पूँजी बजार
ट्याग : #नेपाल धितोपत्र बोर्ड, #सेयर ब्रोकर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ