२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसञ्चारमाध्यमले आईपीओको नतिजा प्रकाशन गर्ने नपाउने

सञ्चारमाध्यमले आईपीओको नतिजा प्रकाशन गर्ने नपाउने


काठमाडौं । अब देखि सञ्चार माध्यमले साधारण सेयर निष्काशनको नतिजा प्रकाशन गर्न नपाउने भएका छन् ।्धितोपत्र बोर्डको निर्देशनमा तत्काल लागू हुने गरी सीडीएससीले यस्तो नतिजा सञ्चार माध्यमलाई प्रकाशन गर्न रोक लगाएको हो ।

सञ्चार माध्यममा आईपीओ निष्काशनको नतिजा प्रकाशित गर्न नहुने भन्दै धितोपत्र बोर्डमा लगानीकर्ता संघ संस्थाबाट उजुरी परेको थियो ।
लगानीकर्ताको व्यक्तिगत विवरण गोपियनतालाई मध्यनजर गदै सीडीएम एण्ड क्यिारिङले आईपीओ र अन्य धितोपत्र निष्कासनको नतिजा सञ्चारमाध्यमा प्रकाशन गर्ने नगर्ने निर्देशन दिएको छ ।

 

सीडीएससीको मेरोसेयर, सम्बन्धित निष्काशन कम्पनी वेबसाइट र बिक्री प्रबन्धको वेबसाइट मात्रै नतिजा हेर्न पाइने छ । शुक्रबार सार्वजनिक हुने महिला लघुवित्त कम्पनीको आईपीओको नतिजा पनि अब सञ्चारमाध्यमले प्रकाशन गर्न पाउने छैनन् ।

लगानीकर्ताको विवरण सञ्चार माध्यममलाई दिँदा गोपनीयता भंग हुने बारे बोर्डलाई लगानीकर्ता संघ संस्थाबाट जानकारी गराएको थियो ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ