२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकराष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने ६ वाणिज्य बैंक कारवाहीमा

राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने ६ वाणिज्य बैंक कारवाहीमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

आर्थिक बर्ष २०८०/०८१ को पहिलो त्रैमासिक अवधिमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले लक्ष्मी सनराइज,हिमालयन ,एनएमबी, एनआईसी एशिया, नबिल र सिटिन्जस बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैकले सम्पत्ति शुद्धीकरण सम्वन्धी ऐन उल्लंघन गरेको   लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ जरिवान तोकेको छ ।  तोकिएको कर्जा/निक्षेप अनुपात कायम गर्ने नसकेको हिमालयन बैंकले १ करोड ६७ लाख ७१ हजार ४३४.०९ रुपैयाँ हर्जाना तिरेको छ  ।

एनएमबी बैंकले सहुलियतपूण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेश्रो संशोधन सहित) को दफा १० को उप-दफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेकालेउक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुणर् रकम ऋणीबाट फिर्ता गराई राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको र सो सम्बन्धी कार्यविधि र केन्द्रिय बैंकको निर्देशन उल्लङ्घन गरेकाले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ ।

त्यस्तै , राष्ट्र बैंकले  निर्देशन उघलन  गरेका नबिल, एनआईसी एशिया र सिटिजन्स बैंकलाई अन्य शीषर्कमा  संचालक समिति तथा कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

आर्थिक बर्ष २०७८०/०८१ को पहिलो त्रैमासमा इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक तथा अध्यक्ष,संचालक, प्रमुख कार्याकारी अधिकृतलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।

 


क्याटेगोरी : नेपाल राष्ट्र बैंक, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ