काठमाडाैं । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जासम्बन्धी मागदर्शन २०७९ लाई संशोधन गरेको छ ।
राष्ट्र बैंकले कर्जासम्बन्धी मागदर्शन २०७९ लाई संशोधन गदैं रु.१ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) को चालू पुँजी कर्जाको सीमा निर्धारण गरेको छ ।
समग्र बैंकिङ्ग प्रणालीबाट कुल रु.१ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन । यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन्।
तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शनबमोजिम हुनुपर्नेछ ।
यस अघि रु.१ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण (क) समग्र बैंकिङ्ग प्रणालीबाट कुल रु.१ करोड वा सोभन्दा कम चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही चालू पुँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शनबमोजिम हुनु पर्ने व्यवस्था रहेको थियो ।
त्यस्तै,रु.२ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा रु.४ करोडसम्म) को चालू पुँजी कर्जाको सीमा निर्धारण (क) फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु.२ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा रु.४ करोडसम्म) को चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ ।
यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।
तर, इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको Operating Cycle, Cash Conversion Cycle, Days Sales Outstanding, Inventory Conversion Period, Lead Time, Accounts Payable Period आदिको विश्लेषण गर्दा औचित्यपूणर् देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्ने व्यवस्था ल्याएको छ ।
रु.२ करोडभन्दा बढी (उत्पादनमूलक उद्योगको हकमा रु.४ करोडभन्दा बढी) चालू पुँजी कर्जाको सीमा निर्धारण (क) फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु.२ करोड (उत्पादनमूलक उद्योगको हकमा रु.४ करोड) भन्दा बढी रकमको चालू पँुजी कर्जाको सीमा निर्धारणका लागि चालू पुँजी आवश्यकताको विश्लेषण गर्दाPermanent Working Capital Need / Fluctuating Working Capital Need को पहिचान गर्नुपर्दछ ।
ख)Fluctuating Working Capital Need लागि अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २५ प्रतिशतले हुन आउने रकमभन्दा बढी नहुने गरी कर्जा सीमा स्वीकृत गर्नुपर्दछ ।
तर, इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको Operating Cycle, Cash Conversion Cycle, Days Sales Outstanding, Inventory Conversion Period, Lead Time, Accounts Payable Period आदिको विश्लेषण गर्दा औचित्यपूणर् देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन् । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।
इजाजतपत्रप्राप्त संस्थाले चालू पुँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा रु.२ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा रु.४ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत Permanent Working Capital Need पहिचान भएमा बुँदा न.३.२ (क) को सीमाको अधीनमा रही Fluctuating Working Capital Need को लागि १ वर्षभन्दा कम अवधिको कर्जा तथा Permanent Working Capital Need को लागि ३ देखि १० वर्षको आवधिक प्रकृतिको चालू पुँजी कर्जा प्रदान गर्न सक्नेछन्।
इजाजतपत्रप्राप्त संस्थाले चालू पुँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा रु.२ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा रु.४ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत Permanent Working Capital Need पहिचान भएमा बुँदा न.३.२ (क) को सीमाको अधीनमा रFluctuating Working Capital Need को लागि १ वर्षभन्दा कम अवधिको कर्जा तथा Permanent Working Capital Need को लागि ३ देखि १० वर्षको आवधिक प्रकृतिको चालू पुँजी कर्जा प्रदान गर्न सक्नेछन्।
