गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ राष्ट्रिय बिमा संस्थानको नाफा ५२ दशमलव ३२ प्रतिशतले बढ्यो राष्ट्रिय बिमा संस्थानको नाफा ५२ दशमलव ३२ प्रतिशतले बढ्यो Karobarpati शुक्रबार, २०७८ मंसीर ३ गते, १२:३२ मा प्रकाशित काठमाडौं – राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थानले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा संथानले एक करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा ५२ दशमलव ३२ प्रतिशतले बढी हो । गत वर्ष संस्थानले एक करोड दुई लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिसम्ममा संस्थानको खुद बिमा शुल्क आम्दानी पनि सात दशमलव ६३ प्रतिशतले बढेर चार अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष संस्थानले चार अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क कमाई गरेको थियो । समीक्षा अवधिसम्ममा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । संस्थानको जगेडा कोषमा ३५ करोड ७७ लाख रुपैयाँ छ । संस्थानले यस अवधिसम्ममा ९५ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । त्यसैगरी, कम्पनीले जीवन बिमा कोषमा ३० अर्ब ४९ करोड रुपैयाँबाट बढेर ३७ अर्ब १४ करोड पुगेको छ । यस संस्थानले हासम्म सर्वसाधारणमा सेयर जारी नगरेकाले नेप्सेमा सूचीकृत भएको छैन । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ २ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ट्रेण्डिङ आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता राष्ट्र्र उत्थान लघुवित्तले बोलायो साधारण सभा यस्तो छ आजको मौसम पूर्वानुमान नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता राष्ट्र्र उत्थान लघुवित्तले बोलायो साधारण सभा यस्तो छ आजको मौसम पूर्वानुमान नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा