गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा Karobarpati शुक्रबार, २०८० माघ २६ गते, ०९:२१ मा प्रकाशित काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ। कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसले ८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेको बम्पनीले जनाएको हो। यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ३१ लाखबाट बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ। यता, कम्पनीको कुल दावी भुक्तानी भने ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यो ३६ करोड १९ लाख रुपैयाँ थियो। हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। यसको रिटेन्ड अर्निङमा १३ करोड ७५ लाख रुपैयाँ रहेको छ।सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ। पुससम्म यसले २९ करोड ३४ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको भन्दा ३२.४२ प्रतिशतले धेरै हो। यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७३ पैसाबाट बढेर १० रुपैयाँ ५६ पैसा (वार्षिक) कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ९८ पैसा रहेको छ। क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन… धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ट्रेण्डिङ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव