२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाप्रभु इन्स्याेरेन्सको नाफामा १६ दशमलव १७ प्रतिशतको वृद्धि

प्रभु इन्स्याेरेन्सको नाफामा १६ दशमलव १७ प्रतिशतको वृद्धि


प्रभु इन्स्याेरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विरणअनुसार असोज मसान्तसम्ममा छ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १६ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको खुद बिमा शुल्क आम्दानी छ दशमलव १४ प्रतिशतले बढेर २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ । कम्पनीकाे बिमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ छ ।

प्रभुको जगेडा कोषमा नौ दशमलव ७६ प्रतिशतले बढेर २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ । यस अवधिसम्ममा इन्स्याेरेन्सको प्रतिसेयर आम्दानी भने छ रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ छ ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ