२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमासिटिजन लाइफको आईपीओ आजबाट

सिटिजन लाइफको आईपीओ आजबाट


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आज भदौ १५ गतेदेखि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमघ्ये १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्रि गरिसकेको छ ।

त्यस्तै ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी रहेको ९० लाख हजार कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्स कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपीओ निष्काशन गर्ने लागेको हो ।

आईपीओमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले आवेदनकर्ताले भदौ १९ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे भदौ २९ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

सेयर निष्कासनका लागि सिटिजन्स लाइफ इन्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ