काठमाडौं । संचालनमा आएका १४ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक बर्ष २०७९/०८० काे आ-आफ्ना वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
प्रकाशित गरिएको वित्तीय विवरण अनुसार लेखा परिक्षण अघि जीवन बीमा कम्पनीहरुकले ४ अर्ब ६४ करोड रुपैया खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा यस्तो नाफा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । जीवन बीमा कम्पनीहरुको नाफा ३४.४४ प्रतिशतले उकालो लागेको छ ।
यस अवधिमा सबै धैरे नाफा कमाउने जीवन बीमा कम्पनीमा पहिलो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा नेपाल लाइफले ६७ करोड ४४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्ने सफल भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा नेपाल लाइफले ३५ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
त्यस्तै ५८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गदै हिमालयन लाइफ इन्स्योरेन्स नाफा कमाउने जीवन कम्पनीको सूचीमा दोस्रो स्थानमा रहेको छ । अघिल्लो आर्थिक बर्षमा २१ करोड ४६ खुद नाफा आर्जन गरेको सन नेपाल लाइफले यस अवधिमा यस्तो नाफा १६३.९९ प्रतिशतले बढाएर ५६ करोड ६५ लाख रुपैयाँ आर्जन गर्ने सफल भएको छ ।
सूर्य ज्योतिको खुद नाफा २१.३१ प्रतिशतले बढेर ४६ करोड ३ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा रिलायबल लाइफको खुद नाफा ४३ करोड २२ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आवको तुलनामा ५७.२८ प्रतिशतले बढेको हो ।
नेशनल लाइफको खुद नाफा ५०.६९ प्रतिशतले घटेको छ । नेशनल लाइफले अघिल्लो आवमा ७३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा यस अवधिमा यस्तो नाफा घटेर ३६ करोड ४५ लाख रुपैयाँमा सिमित हुन पुग्यो ।
मेट लाइफको पनि यस अवधिमा ३९.६६ प्रतिशतले खुद नाफामा गिरावट आएर ३५ करोड ९९ लाख रुपैयाँमा सिमित हुन पुग्यो । एशियन लाइफको १७.६६ प्रतिशतले खुद नाफामा कमी आएको छ । एशियन लाइफको यस्तो नाफा २४ करोड रुपैयाँमा सिमित हुन पुग्यो । त्यस्तै राष्ट्रिय बीमा संस्थानको नाफामा गिरावट आएर ७ करोड २ लाख रुपैयाँ रहेको छ ।
आइएमई लाइफले २४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । आईएमइको अघिल्लो वर्षको तुलनामा यस्तो नाफा ८७.२४ प्रतिशतले बढेको हो ।
सानिमा रिलायन्स लाइफले खुद नाफा बढाएर २१ करोड ९३ लाख रुपैयाँ पुराएको छ भने सिटिजन लाइफले २० करोड ११ लाख रुपैयाँ र एलआइसी नेपालले १२ करोड ४६ लाख नाफा आर्जन गरेको छ ।
यस अवधिमा प्रभु महालक्ष्मी लाइफले १० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तो नाफा अघिल्लो बर्षको तुलनामा ४० प्रतिशतले बढेको हो ।