२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमानिर्जीवन बीमा कम्पनीहरुले बीमा शुल्क २.६६ प्रतिशतले बढाए

निर्जीवन बीमा कम्पनीहरुले बीमा शुल्क २.६६ प्रतिशतले बढाए


काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा निर्जिवन बीमा कम्पनीहरुले बीमा शुल्क २.६६ प्रतिशतले बढाएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९मा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेकोमा आर्थिक बर्ष २०७९/०८० मा यस्तो संकलन बढेर ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा २७ लाख ९२ हजार ५१६ बीमालेखबाट निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरुको २७ लाख ८८ हजार १८ बीमालेख सक्रिय रहेको थियो ।

यस अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबभन्दा धैरे बीमा शूल्क आर्जन गर्ने सफल भएको छ । कम्पनीले ५ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै सगरमाथा लम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गदै धैरे बीमा शूल्क संकलन गर्ने निर्जिवन बीमा कम्पनीहरु मघ्ये दोस्रो स्थान रहेको छ ।

सिद्धिार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४२ करोड रुपैयाँ, युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४१ रुपैयाँ, आइजिआई प्रुडेन्सियलले ३ अर्ब ३८ करोड रुपैयाँ , हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड रुपैयाँ , नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड रुपैयाँ , एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड रुपैयाँ,सानिमा जिआइसीले २ अर्ब ३२ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ रुपैयाँ , प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड रुपैयाँ,नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड रुपैयाँ,ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ४९ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ बीमा शूल्क संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले असार महिनमा मात्रै २ लाख ५५ हजार १०० बीमा लेखजारी गरी ४ अर्ब १ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

असार मसान्तमा पनि शिखर इन्स्योरेन्स कम्पनीले धैरे बीमा शूल्क आर्जन गरेको छ । यस महिनामा शिखरले ५५ करोड ५२ लाख रुपैयाँ बीमा शुूल्क आर्जन गरेको छ ।

त्यस्तै,हालै संचालनमा आएको दूई नयाँ माइक्रो निर्जिवन बीमा कम्पनीले १२ हजार रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । यस अवधिमा नपोल माईक्रो इन्स्योरेन्सले १ हजार र प्रोटेशटटभ माईक्रो इन्स्योरेन्सले १० हजार रुपैयाँ बिमा शूल्क आर्जन गरेका छन् ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ