गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ प्रभु लाइफको खुद बीमा शुल्क आर्जन ९५ प्रतिशतले बढ्यो प्रभु लाइफको खुद बीमा शुल्क आर्जन ९५ प्रतिशतले बढ्यो Karobarpati शनिबार, २०७७ फागुन १ गते, २०:४४ मा प्रकाशित काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाशिक ६० करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कुल बीमा शुल्क २ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीले गत वर्षको यहि अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन ९५.०९ प्रतिशतले बृद्धि गरेको छ। इन्स्योरेन्स कम्पनीको खुद मुनाफामा १२५ प्रतिशतले उल्लेखनीय बृद्धि गर्न सफल भएको छ। यसै अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा तीन करोड ५८ लाख रुपैयाँ थियो। प्रभु लाइफले चालु आथिक बर्षको ६ महिनामा १ करोड १३ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीबाट अभिकर्ताले ९ करोड ९५ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्। अहिले सम्म कम्पनीको सक्रिय बीमालेखको संख्या एक लाख ६१ हजार वटा छन्। कम्पनीले बीमितलाई ९१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ। प्रभु लाइफको बोनसदर न्युनतम प्रतिहजार ३० रुपैयादेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ। बीमाङ्कीय मूल्याङ्कन पछि मात्रै कम्पनीको वास्तविक मुनाफा थाहा हुन्छ। कर्जा लगानी तथा अन्य आम्दानी बापत कम्पनीले ७ करोड ५० लाख रुपैयाँ आय गर्न सफल भएको छ। क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा